काठमाडौँ । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुःख व्यक्त गरेको छ ।
एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन्।
‘निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक घटनाहरू मानवता र मानवीय मूल्य-मान्यताविपरीत छन्। हामी सदैव विश्व शान्तिका पक्षमा छौँ र यस्ता अमानवीय घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दु:खद र चिन्ताजनक रहेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्नका लागि पार्टीले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।













प्रतिक्रिया