राजनीति-समाज

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्युरोले बुधबार उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ ।

Advertisement

पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनीहरूलाई सशस्त्र प्रहरी नेपाल नं १८ गण हेक्वा (विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा) बाघभैरवको टोलीले पक्राउ गरेको हो ।