राजनीति-समाज

एमाले वरिष्ठ नेतामा भण्डारीको पद बहाली, अध्यक्ष ओलीले गराए शपथ

एमाले वरिष्ठ नेतामा भण्डारीको पद बहाली, अध्यक्ष ओलीले गराए शपथ


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ नेताको जिम्मेवारी सम्हालेकी छन्।

पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

Advertisement

राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन्।

राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी भण्डारीको कार्यकाल सकिएपछि पार्टी राजनीतिमा उनको भूमिकाबारे चर्चा हुँदै आएको थियो।

एमालेले यसअघि असोज ८ गते भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको थियो।

उक्त निर्णयसँगै पार्टीका केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालय बैठकमा सहभागी हुने जिम्मेवारीसमेत उनलाई दिइएको छ।