नेपाल

विदेश पठाउने नाममा ९४ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाउने नाममा ९४ लाख ठगी गर्ने दुई जना पक्राउ


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु ९४ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्वा तामाङलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार खतिवडाले स्लोभानिया र माल्दिभ्स पठाइदिने भन्दै २५ जनाबाट रु ८५ लाख ठगी गरेको आरोप लागेको छ । रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए ।

त्यस्तै, तामाङले जापान पठाइदिने भन्दै एक जनाबाट रु नौ लाख लिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खतिवडालाई काठमाडौँ महानगरपालिका–२६ बाट र तामाङलाई काठमाडौँ–९ सिनामङ्गलबाट पक्राउ गरिएको हो । उनीहरु माथि थप अनुसन्धान भइरहेको छ ।