राजनीति-समाज

हतकडीले हात बाँध्न सकिन्छ, विचार बाँध्न सकिँदैन : सांसद् थपलिया

हतकडीले हात बाँध्न सकिन्छ, विचार बाँध्न सकिँदैन : सांसद् थपलिया


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद् सीता थपलियाले मुलुकमा बढ्दो निराशा, अभिव्यक्ति स्वतन्त्रताको सङ्कुचन र कमजोर पूर्वाधार व्यवस्थापनलाई लिएर सरकारको आलोचना गरेकी छन् ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै उनले काठमाडौँको त्रिपुरेश्वरमा भएको आत्मदाहको घटनादेखि धादिङको सडक सम्पर्क विच्छेदसम्मका विषयमा सरकार किन मौन छ भन्दै प्रश्न उठाएकी हुन् ।

Advertisement

सांसद् थपलियाले आफ्नो सम्बोधनका क्रममा महामानव बिपी कोइरालाको भनाइ उद्धृत गर्दै भनिन्, ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन ।’

उनले पछिल्लो समय त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि चालकले गरेको आत्मदाहको घटनाले राज्य संयन्त्रको असफलतालाई उजागर गरेको जिकिर गरिन् । एकसय दिनको कार्यकालमा फरक काम गर्ने दाबी गर्ने सरकारको आधा वर्ष बितिसक्दा पनि नागरिकको जीवनस्तरमा सुधार नआउनु चिन्ताको विषय भएको उनको भनाइ छ ।

अभिव्यक्ति स्वतन्त्रताको विषयमा थपलियाले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउप्रति पनि आपत्ति जनाइन् । हतकडीले हात बाँध्न सकिए पनि विचार बाँध्न नसकिने भन्दै उनले सरकारले आलोचना सुन्ने र सहन गर्ने तागत राख्नुपर्ने तर्क गरिन् ।