राजनीति-समाज

चाडपर्वपछि आन्दोलन गर्ने प्रचण्डको चेतावनी

चाडपर्वपछि आन्दोलन गर्ने प्रचण्डको चेतावनी


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको भन्दै संसदभित्र प्रतिपक्षीहरूलाई एकताबद्ध गर्ने र सडकमा सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध संयुक्त मोर्चा र आन्दोलन गर्ने चेतावनी दिए ।

Advertisement

उनले देशमा उत्पन्न राजनीतिक चुनौती, वैदेशिक हस्तक्षेप र प्रतिक्रान्तिको खतरा सामना गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको व्यापक एकता र ध्रुवीकरण आवश्यक रहेको बताए ।

भाद्र २४ गतेको विध्वंसले गर्दा कम्युनिस्टहरूबीच ढिला नगरी नयाँ शिराबाट एकता प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब र ऊर्जा मिलेको उनले बताए ।

उनले पुराना पार्टी र नेताहरूले विगत ३५ वर्षमा केही गरेनन् भनी फैलाइएको भाष्यको खण्डन गर्र्दै आफ्नै नेतृत्वमा भएका प्रमुख विकास तथा पूर्वाधारका कामहरू भएको धारणा राखे । उनले नेपालको आर्थिक विकास र औद्योगिकीकरणको मुख्य जग नै कृषि रहेको र यसको आधुनिकीकरण एवं व्यवसायीकरण अनिवार्य भएको बताए ।

कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले देश हाल ठूलो संकटमा रहेको र विदेशीहरूको विभिन्न चलखेलका कारण राष्ट्रियता जोखिममा परेको उल्लेख गरे। दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपाल विदेशीहरूको खेलमैदान बन्न नहुने उनले बताए ।

उनले वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्दै चुनौतीहरूको सामना गर्न पार्टी अगाडि बढ्ने दृढता व्यक्त गरे ।

साथै उनले कृषि क्रान्ति र आधुनिकीकरणदेशको कायापलट गर्न कृषि अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने र यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरण आवश्यक रहेको धारणा राखे ।