राजनीति-समाज

प्रधानसेनापति सिग्देल चीन भ्रमणका लागि प्रस्थान

प्रधानसेनापति सिग्देल चीन भ्रमणका लागि प्रस्थान


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् ।

जनवादी गणतन्त्र चीनको निमन्त्रणामा प्रधानसेनापति सिग्देल आइतबारदेखि असोज ३ गतेसम्म चीनको औपचारिक भ्रमणमा रहनेछन् ।

Advertisement

भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३ औँ बेइजिङ स्याङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

चीन प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरे ।

नेपाली सेनाका अनुसार प्रधानसेनापतिको चीन भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत् नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

भ्रमणमा निस्कनुअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ ।