नेपाल

भोटेकोशी बाढी : मृतकको संख्या एक हजार २९३ पुग्यो, ४ हजार ८९८ अझै बेपत्ता

भोटेकोशी बाढी : मृतकको संख्या एक हजार २९३ पुग्यो, ४ हजार ८९८ अझै बेपत्ता


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार अपराह्नसम्म १ हजार २९३ जनाको शव फेला परेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ तथा भारतमा फेला परेको र नवलपरासीपश्चिममा बुझाइएको १८ शव गरी कुल १ हजार २९३ शव फेला परेका हुन् ।

Advertisement

बाढीमा घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये एक जनाको टिचिङ अस्पताल र अर्का एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरुष र ४५३ जनाको लिङ्ग नखुलेको गरी १ हजार ३० शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका ८४६ गरी कुल २ हजार १०६ वटा डीएनए नमुना सङ्कलन गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

यसैगरी पहिचान हुन नसकेका १ हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको उहाँले बताउनुभयो।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रहरीले बेपत्ता भएका ४ हजार ८९८ जनाको खोजी गरिरहेको जनाएको छ । विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ६५५ जनालाई राखिएको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, विभिन्न निकाय तथा स्थानीयवासीको समन्वय र सहयोगमा उद्धार तथा खोजी कार्य गर्ने र बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामलाई समेत निरन्तरता दिएको जनाएको छ ।