बिजनेस/ इकोनोमी

सडक पूर्वाधारमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्ब बढी आवश्यक

सडक पूर्वाधारमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्ब बढी आवश्यक


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । भोटेकोशी बाढीले सडक पूर्वाधारमा ३० अर्बको क्षति पुर्‍याएको छ । सडक विभागले पत्रकार सम्मेलन आयोजना गरी सो क्षतिबारे जानकारी गराएको हो ।

विभागका अनुसार रणनीतिक सडक सञ्जालका ४० किलोमिटर सडक पूर्ण क्षति पुगेको छ । यस्तै, बाढीले ३१ भन्दा बढी पुलमा क्षति पुर्‍याएको विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।

Advertisement

ुउनले भने, ‘कम्तीमा पनि ३० अर्बको क्षतिको आकलन भएको छ । पुनर्निर्माणका लागि ५० अर्ब बढी खर्च हुनेदेखिन्छ । जिल्ला सदरमुकाम जोड्ने पुल लामो बनाउनुपर्ने पाठ हामीले सिकेका छौँ । यसले लागत बढाउने छ ।’

सडक विभागले सडक मर्मतका लागि एक दर्जनभन्दा बढी उपकरण परिचालन गरिएको बताएको । सम्भव भएका स्थानमा तत्काल सडक खुलाउने जैसीले बताए ।