नेपाल

बाढीप्रभावित क्षेत्रबाट ११ हजार ३१९ जनाको उद्धार

बाढीप्रभावित क्षेत्रबाट ११ हजार ३१९ जनाको उद्धार


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३१९ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेनाले हवाई उद्धारमार्फत तीन हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकलाई उद्धार गरेको छ । भदौ १४ गते मात्रै हाइड्रोपावर क्षेत्रबाट १५ चिनियाँ र सात भारतीय नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

Advertisement

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको छ । उद्धारसँगै बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी कार्यलाई पनि तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ९३९ जनाको शव फेला परेको छ भने तीन हजार ९२५ जना अझै सम्पर्कविहीन छन् । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

खोज तथा उद्धार कार्यका लागि प्रभावित क्षेत्रमा नेपाल प्रहरीका सात हजार ८९४, नेपाली सेनाका आठ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । प्रभावित नागरिकका लागि खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कार्य जारी रहेको प्रवक्ता महतले बताइन् ।