बिजनेस/ इकोनोमी

कृष्णभीरको पहिरोले काठमाडौँ–चितवन सडक अवरुद्ध

कृष्णभीरको पहिरोले काठमाडौँ–चितवन सडक अवरुद्ध


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको कृष्णभीरमा ठूलो पहिरो गएको छ। आइतबार बिहान गएको पहिरोका कारण त्रिशूली नदी सडक छेउको करिब एक किलोमिटर भाग नै कटान गरेको पाइएको छ।

सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलदेखि करिब एक किलोमिटर नारायणगढतर्फ बाढीले त्रिशूली नदीले सडक छेउको भाग कटान गरेको हो।

Advertisement

नदीले सडक छेउको भाग कटान गरेपछि उक्त सडकखण्डमा यात्रा गर्दा सुरक्षित तथा सतर्क रहन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ ।

कटानबाट भएको क्षतिको थप विवरण लिन डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोली घटनास्थलतर्फ गएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

प्राविधिक टोलीको स्थलगत निरीक्षणपछि कटानबाट भएको क्षति तथा सडकको अवस्थाबारे थप विवरण आउने जनाइएको छ । यो पहिरो तत्काल हट्न सक्ने नदेखिएको टोलीले जनाएको छ ।