काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलमार्फत मुख्य सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने तयारी गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मी घटनास्थलमा परिचालित छन्। टोलीले सुरुङ प्रवेशमा अवरोध बनेको संरचना हटाउँदै सुरक्षित मार्ग तयार गर्ने काम गरिरहेको छ ।
स्थलगतरूपमा खटिएको टोलीले सुरुङको ‘क्राउन’ अर्थात् माथिल्लो भाग पहिचान गरेको छ । उक्त भागलाई एक्साभेटरको सहायताले फुटाएर प्रवेशद्वार खुलाउने काम अघि बढाइएको जनाइएको छ ।
अवरोध हटाएर सुरुङभित्र प्रवेश गर्न मिल्ने सुरक्षित अवस्था बनेपछि तालिमप्राप्त उद्धारकर्मीलाई भित्र पठाउने तयारी छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राविधिक मल्यांकन र सुरक्षा निकायबीचको समन्वयमा उद्धार प्रक्रिया अगाडि बढाइएको छ ।
त्रिशूली-३ ‘ए’ आयोजनाको केबल आउटलेट टनेलबाट मुख्य सुरुङमा प्रवेश गर्न प्राविधिक तथा सुरक्षा टोलीले अवरोध हटाइरहेको छ। सुरक्षित मार्ग बनेपछि तालिमप्राप्त उद्धारकर्मीलाई भित्र पठाइने छ ।












प्रतिक्रिया