राजनीति-समाज

रसुवा बाढी : नेपाली सेनाद्वारा ८०२ जनाको उद्धार

रसुवा बाढी : नेपाली सेनाद्वारा ८०२ जनाको उद्धार


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित ८०२ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले बुधबार बिहानदेखि अपराह्न साढे ३ बजेसम्म ५० विदेशीसहित ६०२ जनाको हवाई तथा २०० जनाको जमिनी उद्धार गरेको हो।

सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट प्रभावितहरूको उद्धार गरिएको छ।

Advertisement

वीरेन्द्र अस्पतालबाट चिकित्सक अधिकृतसहित खटिएको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट ३३८ जना घाइतेलाई उपचार प्रदान गरेको छ।

खोज तथा उद्धारमा ड्रोन र सैनिक कुकुरसमेत परिचालन गरिएको छ। नेपाली सेनाका चार हजार दुई सयभन्दा बढी जनशक्तिले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेका छन्।

सेनाको टोली धादिङस्थित पृथ्वी राजमार्गमा जमेको लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यमा समेत खटिएको छ।