राजनीति-समाज

सरकार पाँच वर्ष टिक्दैन, जनतालाई पश्चात्ताप भइसकेको छ : ओली

सरकार पाँच वर्ष टिक्दैन, जनतालाई पश्चात्ताप भइसकेको छ : ओली


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने दाबी गरेका छन् । नगरकोटमा भएको जनसङ्गठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै अराजकताबाट आएकाहरूलाई देश जिम्मा लगाउन नसकिने बताए ।

उनले भने, ‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ । अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ । हरेकको मनमा त्रास छ । एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ, त्रास छ । सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन । हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।’

Advertisement

दरबार छोडाएर गणतन्त्र ल्याएका शक्ति भएकाले कसैसँग नडराउने बताए । उनले थपे, ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ मतलब छैन । यी तत्त्वहरूसँग हामी डराउँदैनौँ। डराउनुहुन्न । यो सरकार तपाईँहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन । हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो। बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’

उनले रास्वपालाई भोट हालेर बहुमत दिएकोप्रति जनतालाई पश्चात्ताप भइसकेको बताए। सरकारविरुद्ध जनता आफैँ आन्दोलित हुनुपर्ने भन्दै पार्टीपंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।