काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा रास्वपा सांसद् आशिका तामाङ र उपत्यकाका मेयरहरुबीच लफडा भएको छ ।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बोलाएको उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी दोस्रो बैठकमा लफडा भएको हो । बैठकमा ९ जना नगरप्रमुख उपस्थित थिए । सुरूमा मेयरहरुले आफ्नो कुरा राखे । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी आफ्नो भनाइ राखेर बैठकबाट हिँड्न लागेपछि आशिकाले आपत्ति जनाएकी थिइन् ।
‘अस्तिको बैठकमा जम्मा ३ जना मेयर आउनुभयो । आज पनि ९ जना मात्रै आउनुभएको छ । त्यही पनि तपाईंहरुलाई हिँड्नै हतार छ । यसरी कसरी हुन्छ ?’ भन्दै आशिका जंगिएपछि वादविवाद भएको थियो ।
बैठकमा ललितपुर उपमहानगरका मेयर चिरिबाबु महर्जन बोल्दा विवाद उत्कर्षमा पुग्यो । चिरिबाबुले आशिकाको शैली ज्यादा आक्रामक भएको भन्दै आपत्ति जनाए ।
महर्जनले भने, ‘सन् २०११ को जुनमा फिनिस कम्पनी र सरकारबीच उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । त्यो सम्झौता क्रियाशील हुँदासम्म हामीले जे जे योजना बनाए पनि अर्थ हुँदैन । अदालतमा मुद्दा परिहाल्छ । यु मोस्ट अन्डरस्ट्यान्ड हिष्ट्री । त्यसै मेयरहरुसँग वादविवाद गरेर हुँदैन ।’
त्यसपछि आशिकाले भनिन्, ‘मेयरहरु सबै बैठकमा आउनुपर्यो नि त ।’ मेयर महर्जनले जवाफ फर्काउँदै भने, ‘आउँदै हुनुहुन्छ त ।’
चिरिबाबुले भने ‘तपाईंको कुरा आक्रामक छ । यसरी बैठक हुँदैन ।’ त्यसपछि आशिका आक्रोशित बन्दै आफ्नो ब्याग टिपेर बैठकबाट बाहिरिइन् । जानुअघि उनले अब अर्को छलफल बन्चरे डाँडामै हुने बताइन् ।












प्रतिक्रिया