राजनीति-समाज

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ : शङ्कर पोखरेल

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ : शङ्कर पोखरेल


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्ता सञ्चालन गर्दा नयाँ राजनीतिक नेतृत्व पनि धुर्मुस–सुन्तलीजस्तै असमयमै पलायन हुनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठूलो परियोजना सुरु गर्नु अपरिपक्व कदम भएको टिप्पणी गरेका छन्। पर्याप्त रकम अभाव र बढ्दो उधारोका कारण परियोजना संकटमा परी उनीहरू पलायन हुन बाध्य भएको उनको भनाइ छ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह लक्षित गर्दै पोखरेलले अहिलेको नयाँ राजनीतिक नेतृत्वको कार्यशैली पनि ठ्याक्कै त्यस्तै दिशामा अघि बढिरहेको दाबी गरेका छन्।

“राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो,” पोखरेलले लेखेका छन्, “केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ।”

स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्तालाई स्वेच्छाचारी ढङ्गले सञ्चालन गरिए भोलि नयाँ नेतृत्वको हविगत पनि धुर्मुस–सुन्तलीकै जस्तो हुने भन्दै उनले समयमै चेत खुलाउन आग्रह गरेका छन्।