राजनीति-समाज

बालेन प्रधानमन्त्री भएयता ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा

बालेन प्रधानमन्त्री भएयता ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font


काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भए यताको पाँच महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा परेका छन् । 

बालेन २०८२ चैत १३  गते प्रधानमन्त्री भएयता उक्त संख्यामा सरकारी कर्मचारी विभिन्न कारबाहीमा परेका हुन् ।“गत चैतदेखि साउनसम्म अनुगमन गरिएका कार्यालयहरूको संख्यामा झन्डै तीन गुणाले वृद्धि गरी ९२४ पुर्‍याइएको छ ।

Advertisement

जसमा आचारसंहिता र समय पालना नगरेका १० हजार २६८ जना, तोकिएको पोसाकमा उपस्थित नभएका ६४५ जना तथा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार ४ जना कर्मचारीहरू कारबाहीमा परेका छन्,” प्रधानमन्त्रीको सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सतर्कता केन्द्रले अनुशासन उल्लंघन गर्ने यी सबै कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायहरूलाई कडा निर्देशन दिएको जनाइएको छ ।

केन्द्रले सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउनका लागि सक्रियता बढाएको भनाई प्रधानमन्त्रीको सचिवालयको भनाइ  छ ।“प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनुवाइको प्रक्रिया तीव्र गतिमा अगाडि बढेको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

अघिल्लो वर्षको सोही अवधि अर्थात् २०८१ चैतदेखि २०८२ साउनसम्मको अवधिमा जम्मा ३१८ वटा कार्यालयहरूको अनुगमन गरिएको थियो । उक्त समयमा आचार संहिता पालना नगर्ने तथा समय पालना नगरेका २ हजार २१३ जना र तोकिएको पोसाक नलगाएका ५६२ जना गरी कुल २ हजार ७७५ जना कर्मचारीले अनुशासन उल्लंघन गरेका पाइएको थियो ।

यसैगरी, सार्वजनिक सेवा प्रवाहमा लामो समयदेखि जकडिएको ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशनमा सतर्कता केन्द्रले कार्यालय अनुगमन र कारबाहीको दायरालाई निकै कडा र व्यापक बनाएको दाबी सचिवालयको छ । 

सतर्कता केन्द्रको तथ्यांक अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फर्छ्यौट गरिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो। 

सतर्कता केन्द्रका अनुसार २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात् ७४.१० प्रतिशत उजुरी फर्छ्यौट भएका थिए ।