राजनीति-समाज

बलात्कारीलाई फाँसीको कानुन बनाइयोस् : सांसद खातुन

बलात्कारीलाई फाँसीको कानुन बनाइयोस् : सांसद खातुन


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसकी सांसद साहजान खातुनले बलत्कार गर्ने व्यक्तिलाई फाँसीको सजाय दिने व्यवस्थाको माग गरेकी छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले बारमा तीन वर्षीया बालिकाको बलत्कारबाट हत्या भएको घटना मानवतामाथिको कलंक भएको टिप्पणी गरिन् ।

Advertisement

उनले अपराध गर्नेहरूलाई उमेर र पहुँचका आधारमा उम्कन दिन नहुने बताइन् ।

“बालिका तथा महिलामाथि हुने यौन हिंसा र हत्याका घटनामा जिरो टोलरेन्स पोलेसी लागु गरियोस् र बलात्कारीलाई कानुन बनाइ फासीको सजाय सुनिश्चित गरियोस्,” उनले भनिन् ।