राजनीति-समाज

राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ : परराष्ट्रमन्त्री खनाल

राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ : परराष्ट्रमन्त्री खनाल


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकस्थित नेपाली दूतावासमा रिक्त रहेका राजदूत पदको नियुक्ति प्रक्रिया अन्तिम तयारीको चरणमा पुगेको बताएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले रिक्त राजदूत पदमा नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

Advertisement

प्राप्त भएका सिफारिस तथा आवेदनमाथि मन्त्रालय तहमा छलफल भइरहेको र छिट्टै निश्चित प्रक्रियामार्फत राजदूत नियुक्ति टुङ्ग्याइने उनले बताए ।

मन्त्री खनालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालले आफ्ना छिमेकी तथा अन्य मित्रराष्ट्रसँगको द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई थप बलियो बनाएको दाबी गरे । लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका विभिन्न कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएर प्रभावकारी रूपमा काम अघि बढाइएको उनले जानकारी दिए ।