राजनीति-समाज

गाँजा खेती नियमनसहित खुला गर्न सांसद राईको माग

गाँजा खेती नियमनसहित खुला गर्न सांसद राईको माग


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले गाँजाको उत्पादन तथा उपयोगलाई कानुनी दायरामा ल्याउने गरी संघीय सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था तत्काल अघि बढाउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजालाई औषधि तथा औद्योगिक प्रयोजनमा उपयोग गर्न सकिने सम्भावनालाई राज्यले आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताए । उनका अनुसार व्यवस्थित खेती, प्रशोधन र बजारीकरणको व्यवस्था गर्न सके यसबाट रोजगारी र स्थानीय अर्थतन्त्रमा योगदान पुग्न सक्छ ।

Advertisement

राईले गाँजासम्बन्धी प्रचलित कानुनी व्यवस्थाका कारण आफ्नो निर्वाचन क्षेत्र धनकुटाका युवा कानुनी कारबाहीमा परेको विषय पनि संसद्मा उठाए । विशेष गरी १८ देखि ३० वर्ष उमेर समूहका युवामध्ये जीविकोपार्जनका लागि गाँजा खेतीमा संलग्न भएका कतिपय व्यक्ति कारागारमा पुगेको उल्लेख गर्दै उनले यसबाट स्थानीय समुदायमा भय र निराशाको अवस्था सिर्जना भएको दाबी गरे ।

गाँजाको औषधीय उपयोगबारे अन्तर्राष्ट्रियस्तरमा भएको अध्ययन तथा प्रयोगलाई आधार बनाउँदै नेपालले पनि यसको सम्भावनालाई व्यवस्थित ढंगले उपयोग गर्नुपर्ने उनको भनाइ छ ।