राजनीति-समाज

देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने राष्ट्रिय भेलाको प्रतिबद्धता

देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने राष्ट्रिय भेलाको प्रतिबद्धता


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर पक्षले नेता शेरबहादुर देउवा नेतृत्वमा १५ औँ महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

राजनीतिक प्रतिवेदनमार्फत संस्थापनइतर पक्षले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।  १५ औँ महाधिवेशनको तयारी १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ । 

Advertisement

नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा आफूहरूको विमति नरहेको नेता विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक  प्रतिवेदनमा उल्लेख छ । ”पार्टी र देशको नेतृत्व हस्तान्तरण गर्नु हाम्रो उद्देश्य र प्रतिबद्धता रहेको छ । यसका लागि नयाँ पुस्तालाई वैचारिकता प्रष्टता र समर्पण भावले तयार रहन हामी आग्रह गर्दछौँ,” प्रतिवेदनमा भनिएको छ । 

राष्ट्रिय भेला पार्टीको वृहत् एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख छ । ”पार्टीलाई एक बनाउन कांग्रेसको सङ्घर्ष, त्याग, तपस्या, बलिदान र योगदानको इतिहासले निर्दिष्ट गरेको गन्तव्यलाई अन्यथा हुन नदिन र नागरिकको भरपर्दो पार्टीका रूपमा पुनर्स्थापित गर्न यो भेला संकल्प गर्दछ,” राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।