राजनीति-समाज

देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन हुन्छ : निधि

देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन हुन्छ : निधि


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति विमलेन्द्र निधिले १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने बताएका छन् । शुक्रबार इतर पक्षको राष्ट्रिय भेलामा बोल्दै निधिले कार्यकर्ताहरूलाई भेलाबाट फर्केर जाँदा सोही सन्देश लिएर जान आग्रह समेत गरेका छन ।

“१४औँ बाट जो सभापति बनेको छ, जो कार्यसमिति बनेको छ, त्यसलाई मात्र १५औँ महाधिवेशन गर्ने अधिकार छ । फर्केर जाँदा त्यही सन्देश लिएर जानुहोस्,” निधिले भने ।

Advertisement

विशेष महाधिवेशन अराजक, अवैध, धोकाधडी, कब्जा गरेर भएको उनको आरोप छ । यो समितिलाई, पदाधिकारीलाई १५औँ महाधिवेशन गर्ने अधिकार नै नभएको निधिले बताए ।

“१४औँ बाट १५औँ मा जाने स्वाभाविक निरन्तरता हो । नेपाली कांग्रेसलाई स्वाभाविक रूपले १५औँ सम्म निरन्तरता दिने काम १४औँ बाट निर्वाचित कार्यसमितिले गर्नुपर्छ,” उनले भने ।

१५औँ महाधिवेशनको लागि भनेर नै राष्ट्रिय भेला राखिएको उनले बताए । यसको उद्देश्य भनेको डा. शशांक कोइरालाको नेतृत्वमा बनाएको मूल आयोजक कमिटीले भेलाबाट निर्णय र तयारी गरेर १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने पहिलो प्राथमिकता रहेको उनले बताए ।