राजनीति-समाज

एलपी ग्यासको सहज आपूर्ति र वितरणको व्यवस्था मिलाउन राष्ट्रिय सभाको ध्यानाकर्षण

एलपी ग्यासको सहज आपूर्ति र वितरणको व्यवस्था मिलाउन राष्ट्रिय सभाको ध्यानाकर्षण


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको अभावप्रति राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गराउँदै उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था गर्न आग्रह गरेको छ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ग्यासको आपूर्ति प्रभावित हुँदा सर्वसाधारणले भोग्नुपरेको कठिनाइबारे सांसदहरूले शून्य तथा विशेष समयमा सरकारको ध्यानाकर्षण गराएका थिए। बजारमा देखिएको अभावबारे जनस्तरबाट समेत निरन्तर गुनासो आइरहेको उल्लेख गर्दै सभाध्यक्ष नारायणप्रसाद दाहालले आपूर्ति तथा वितरण प्रणाली सहज बनाउन आवश्यक व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका हुन्।

Advertisement

बैठकमा राष्ट्रिय सभा सदस्य पदम परियारले पछिल्ला करिब तीन सातादेखि काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको अभाव गम्भीर बनेको बताए। ग्यास खरिदका लागि उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अभावका कारण नागरिकहरू व्यक्तिगत पहुँच र सिफारिसको सहारा लिनुपर्ने अवस्थामा पुगेको विषय पनि संसद्मा उठाए।

उनका अनुसार जिल्लामा रहेका नागरिकहरूले सांसदहरूलाई टेलिफोन गरेर ग्यास सिलिन्डर उपलब्ध गराउन सहयोग माग्ने गरेका छन्। बजारमा नियमित बिक्री प्रणालीबाट आवश्यक परिमाणमा ग्यास नपाएपछि उपभोक्ताले जनप्रतिनिधिमार्फत पहुँच खोज्न थालेको उनको भनाइ थियो।

ग्यासजस्तो दैनिक उपभोग्य अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको समस्यालाई तत्काल सम्बोधन गरी बजारमा नियमित उपलब्धता सुनिश्चित गर्नुपर्ने विषय बैठकमा प्रमुखताका साथ उठाइएको छ।