राजनीति-समाज

स्रोत नखुलेको ७६ लाखसहित फलफूल पसल सञ्चालक पक्राउ

स्रोत नखुलेको ७६ लाखसहित फलफूल पसल सञ्चालक पक्राउ


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित फलफूल पसलबाट स्रोत खुल्न नसकेको ठूलो परिमाणको नेपाली तथा भारतीय मुद्रा बरामद भएपछि प्रहरीले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वर फलफूल मण्डीमा रहेको आँचल फ्रुट सेन्टरबाट स्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको सूचनाका आधारमा साउन २६ गते दिउँसो संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

Advertisement

प्रहरी वृत्त कालीमाटी र काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको कालीमाटी शाखाबाट खटिएको टोलीले पसल तथा त्यसका सञ्चालक बस्ने डेरा कोठामा समेत खानतलासी गरेको थियो।

खानतलासीका क्रममा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भई हाल कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साह तुरहाको साथ तथा सम्बन्धित स्थानबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ७६ लाख २७ हजार ३ सय र भारतीय रुपैयाँ ३ लाख ४ हजार ३ सय फेला परेको प्रहरीले जनाएको छ।

बरामद रकमसहित साहलाई नियन्त्रणमा लिएर हुण्डीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद रकमको स्रोत, कारोबारको प्रकृति तथा सम्भावित संलग्नताका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।