नेपाल

गोरखामा अविरल वर्षाका कारण पहिरोले तीनतले पक्की घर बगायो

गोरखामा अविरल वर्षाका कारण पहिरोले तीनतले पक्की घर बगायो


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

गोरखा । गोरखा नगरपालिका–९, लक्ष्मीबजारस्थित दिवामार्गमा अविरल वर्षाका कारण गएको पहिरोले एउटा तीनतले पक्की घर पूर्णरूपमा क्षति भएको छ । घटनामा घरभित्र रहेका एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् डिएसपी राजकुमार श्रेष्ठका अनुसार सोमबार बिहान करिब ११ बजे स्थानीय मानसिंह गुरूङको तीनतले पक्की घर जगबाटै पहिरो गएर अन्दाजी १५ः२० मिटर तल खसेको हो । यसबाट घर पूर्णरूपमा ध्वस्त भएको छ ।

Advertisement

उक्त घरमा डेरा गरी बस्ने रौतहटको कटहरिया नगरपालिका–७ घर भएका ५८ वर्षीय टोखान महतो घटनाको समयमा घरभित्रै रहेका थिए । सोमबार बिहान ११ः१० बजे उनको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ । घाइते महतोको पेट र खुट्टामा सामान्य चोट लागेको छ भने उनको अवस्था बोल्न सक्ने र मध्यम रहेको छ ।

यसैगरी, सोही पहिरोका कारण नजिकै रहेका कृष्णदेव महतोको चारतले पक्की घरमा समेत आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।