नेपाल

इरानको आक्रमणमा कुवेतमा मारिएका नेपालीको पहिचान खुल्यो

इरानको आक्रमणमा कुवेतमा मारिएका नेपालीको पहिचान खुल्यो


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । इरानको ड्रोन आक्रमणमा परी कुवेतमा मारिने नेपालीको परिचय खुलेको छ । उनी तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङ रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

“कुवेतको उत्तरी क्षेत्रमा २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा परी सवारी चालकको रूपमा कार्यरत नेपाली नागरिक सोमकुमार तामाङ (वर्ष ४४, तेह्रथुम जिल्ला) को निधन भएको हो । उनको निधनको पुष्टि गर्दै कुवेतस्थित नेपाली दूतावासले भनेको छ”,“सोमकुमार तामाङको निधन भएको कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,” कुवेतस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Advertisement

दूतावासले तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ । यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति दूतावासले समवेदना व्यक्त गरेको छ ।
“स्व. तामाङको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने लगायतका आवश्यक सम्पूर्ण कार्य सम्बन्धित निकायसँगको समन्वय एवम् सहकार्यमा दूतावासले यथाशक्य सम्पन्न गर्ने बेहोरा समेत अनुरोध गरिन्छ”, दूतावासले भनेको छ ।

यस संवेदनशील परिस्थितिमा कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै संयमित भएर सुरक्षित स्थानमा रहन दूतावासले अनुरोध गरेको छ ।