नेपाल

जिएसटी कलेजमा प्यानल डिस्कसन : “डिग्रीसँगै स्वदेशमै ‘ब्रेन गेन’को अवसर छ”

जिएसटी कलेजमा प्यानल डिस्कसन : “डिग्रीसँगै स्वदेशमै ‘ब्रेन गेन’को अवसर छ”


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

चितवन । पूर्वी चितवनको रत्ननगर–१, निपनीमा रहेको ज्ञानसुधा टेक्निकल (जिएसटी) कलेजको आयोजनामा आइतबार बिबिए कार्यक्रम २०८३ अन्तर्गत लन्चप्याड–२ ‘फर्म ब्रेन ड्रेन टु ब्रेन गेन : द राइज अफ जेनजी इन नेपाल’ विषयक प्यानल डिस्कसन गरिएको छ ।

प्यानल डिस्कसनमा प्यानलिस्टहरु सामाजिक उद्यमी कल्पवृक्ष समूहका संस्थापक सीता अधिकारी र युवा उद्यमी विश्वकै पहिलो कृषि गेम रियालिटी शो ‘र’का कृषि पविधिक विजेता समृद्ध भन्तनाले स्वदेशमा केही छैन र केही गर्न सकिँदैन भन्ने भाष्य गलत रहेको बताए । गुणस्तरीय प्राविधिक शिक्षासँगै स्वदेशमै पर्याप्त अवसर रहेको उल्लेख गर्दै उनीहरुले अवसरले सधैँ पछ्याइरहेको हुन्छ तर आफूले कस्तो अवसर हासिल गर्ने भन्ने आफ्नै हातमा रहेको बताए ।

Advertisement

युुवा उद्यमी समृद्ध भन्त्वनाले एक उदाहरण प्रस्तुत गर्दै भने, ‘तपाईं ट्रयाक्टर चलाउन सिक्नुहुन्छ भने पनि अवसर पाउनुहुन्छ, डोजर चलाउन सिक्नुभयो भने पनि अझै बढी अवसर हुन्छ र अझै क्रेन नै चलाउन जान्नुभयो भने अवसर पाउनुहुन्छ ।’ फरक यत्ति हो कि आठ घन्टा ट्रयाक्टर चलाएको भन्दा चार घन्टा डोजर चलाउँदा बढी कमाइ हुन्छ र त्यो भन्दा पनि बढी कमाइ दुई घन्टा क्रेन चलाएर पाउन सकिन्छ । कस्तो अवसर पाउँदा आफ्नो जीवन सहज हुन्छ त्यो आफ्नै हातमा रहेको उनको भनाइ थियो ।

एमएस्सी एजीको डिग्रीसँगै प्राक्टिकलमा लागेको बताउँदै उनले आफू कृषकका रुपमा परिचित हुन पाउँदा खुसी लाग्ने बताए । उनले भने, ‘पहिले लक्ष्यमा पुग्न सबै कुरा त्याग्न पछि पर्नुहुँदैन त्यसपछि परिवार, साथीभाइ, रमाइलो, घुमफिर, मोजमस्ती सबै मिल्छ । अहिले आफ्नो उद्यममा खुसी छु ।’

अर्का प्यानलिस्ट सीता अधिकारीले एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने र आफ्नो क्यारियर बनाउन विश्वका जुनसुकै ठाउँमा अध्ययन गर्न सकिने बताउँदै आफूले सिकेका सीपचाहिँ स्वदेशमै प्रयोग गर्नुपर्नेमा जोड दिइन् । विगत तीन दशक देशमा रोजाइको शिक्षा पाउन कठिन रहेको स्मरण गर्दै अहिले पूर्वी चितवनमै प्राविधिक शिक्षा हासिल गर्न सकिने वातावरण बन्नु गर्वको विषय भएको बताइन् । डिग्रीसँगै अवसर पाइने शिक्षा हासिल गरी विद्यार्थीले स्वदेशमै आफ्नो ब्रेन ग्रेन गर्न सकिने उनको भनाइ थियो ।

आफूले जीवनमा विभिन्न अवसरहरु पाउँदा पनि आफ्नो लक्ष्य भेट्टाउन निरन्तर लगनशील भई लागेको बताउँदै अहिले सफल उद्यमीका रुपमा रहँदै तीन सय बढी महिलालाई उद्यमशीलतामा जोड्न सफल भएको उनले बताइन् ।

कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरी बिबिए अध्ययन गर्न चाहने जेनजी युवाहरुको सहभागिता रहेको थियो । युवाहरुलाई प्यानलिस्टहरुले प्रतिभा पलायनले पार्ने असर र प्रतिभाले प्राप्त गर्ने लाभका सन्दर्भमा उदाहरणसहित चर्चा गरेका थिए । आफूले देखेको सपना पूरा गर्न इमानदारितापूर्वक निरन्तर मेहनत गर्नसमेत उनीहरुले सुझाव दिएका थिए ।

कलेजका प्रिन्सिपल राजकुमार दाहालले पूर्वी चितवनमा १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीका लागि ‘सक्सेस सेलिब्रेसन’सँगै व्यावसायिक सफलता हासिल गरेका अग्रजहरुको कुरा सुनाउने र विद्यार्थीको भविष्य जोडिने पहिलो श्रेणीका रुपमा सीपसँगै शिक्षा हासिल गर्ने संस्थाका रुपमा जानकारी दिनका लागि कार्यक्रम गरिएको बताए । प्यानलिस्टहरुसँग जिएसटी कलेजका अध्यापक प्रज्ज्वल दाहालले डिस्कसन गरेका थिए ।

फोब्स कलेजका प्राचार्य तथा जिएसटी कलेजका अध्यक्ष हरिशरण पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक ई. दिवस मैनालीले यस कार्यक्रमबाट विद्यार्थीहरूमा नयाँ उत्साह र प्रेरणा प्रदान गरेको बताए । कार्यक्रममा कलेजका अध्यक्ष हरिशरण पाठक, जिएसटी कलेजका अध्यापक गोपीलाल श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कलेजका अध्यापक लक्ष्मण भट्टले गरेका थिए ।

लाइभ म्युजिक विथ स्न्याक्ससहित आयोजित कार्यक्रममा पूर्वी चितवनका विभिन्न कलेजमा अध्ययनरत कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको बिबिए कार्यक्रम प्रमुख सौगात गुरूङले बताए ।

जिएसटी कलेजले पूर्वी चितवनमा नै पहिलोपटक नयाँ शैक्षिक सत्रका लागि गत वर्षदेखि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले बिबिए अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि दुई सेक्सनमा ६६ सिट कोटाको बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।