नेपाल

दम्पतीलाई गोली हानी डकैती गर्ने तीन जना पक्राउ

दम्पतीलाई गोली हानी डकैती गर्ने तीन जना पक्राउ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

जलेश्वर  । स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए । 

Advertisement

पक्राउ परेका तीन जनासहितको डाँका समूहले स्थानीय रामविश्वास यादवको घरमा सुतिरहेका उनकी छोरी किरण यादवलाइ खुट्टामा दुई गोली र ज्वाइँ ईश्वरनारायण यादवलाई दाहिने हातमा एक गोली हानी घाइते बनाएको थियो ।

घाइते यादव दम्पतीको स्वास्थ्य अवस्था अहिले समान्य छ । जिल्ला प्रहरी कार्यालयले अभियुक्तहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । यस घटनामा संलग्न अन्य फरार अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।