बिजनेस/ इकोनोमी

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विकासको महत्त्वपूर्ण आधार भएकाले यस क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।

Advertisement

छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेलगायत सहभागी थिए ।

महासंघका पदाधिकारीहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानीमा ढिलाइ, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।