नेपाल

प्रेस स्वतन्त्रता सङ्कुचन नगर्न सभामुखसमक्ष पत्रकार महासङ्घको ध्यानाकर्षण

प्रेस स्वतन्त्रता सङ्कुचन नगर्न सभामुखसमक्ष पत्रकार महासङ्घको ध्यानाकर्षण


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासङ्घको प्रतिनिधिमण्डलले आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट गरी संविधानले संस्थागत गरेको प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधान संशोधन, कानुन निर्माण तथा कानुन कार्यान्वयनका क्रममा कुनै पनि रूपमा हस्तक्षेप वा सङ्कुचन नगर्न सभामुखको ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष निर्मला शर्माले जानकारी दिए ।

Advertisement

सो अवसरमा सभामुख अर्यालले प्रेस स्वतन्त्रताप्रति आफू प्रतिबद्ध रहेको बताउनुभयो । प्रतिनिधिमण्डलले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र संसद्को विषयगत समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनलाई समेत भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासङ्घले भनेको छ, “नेपाल सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेको छ, संविधान संशोधन जस्तो दूरगामी महत्वको विषयमा संसद्भित्र रहेका सबै राजनीतिक दलहरूको व्यापक सहमतिका आधारमा उच्चस्तरीय संविधान संशोधन सुझाव कार्यदल गठन गर्नु उपयुक्त हुने महासङ्घको सुझाव छ ।”

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक÷समावेशीता, भौगोलिक अखण्डता, स्वाधीनता, जनतामा निहित सार्वभौम सत्ता तथा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको व्यवस्थाको आधारमा पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अझ सुदृढ बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने गरी प्रेस स्वतन्त्रताको सुनिश्चितता हुनुपर्ने महासङ्घको भनाइ छ ।