नेपाल

प्रधानन्यायाधीश डा.शर्माले लिए पद तथा गोपनीयताको शपथ

प्रधानन्यायाधीश डा.शर्माले लिए पद तथा गोपनीयताको शपथ


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले प्रधानन्यायाधीश पदको शपथ लिएका हुन्।

यसअघि मंगलबार नै बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। समितिमा भएको सुनुवाइपछि उनको नाम अन्तिम रूपमा स्वीकृत गरिएको हो।

Advertisement

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा औपचारिक जानकारी पठाउने प्रक्रिया अघि बढाएको छ। त्यसपछि राष्ट्रपतिबाट उनको औपचारिक नियुक्ति गरिएको हो।

यसअघि संवैधानिक परिषद्को सिफारिसमा न्याय परिषद्ले पठाएका छ जनामध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरिएको थियो।

यससँगै डा शर्मा नेपालको ३३ औँ प्रधानन्यायाधीश बनेका छन्।