बिश्व घटना

हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु

हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

जेरुसेलम । हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ। अल–हद्दादलाई इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको सूत्रधार भएको बताएको छ ।

प्यालेष्टिनी सशस्त्र इस्लामिक लडाकू समूह (हमास)ले पनि अल–हद्दादको इजरायली आक्रमणबाट मृत्यु भएको शनिवार पुष्टि गरेको छ ।

Advertisement

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि, इजरायली सेना र गुप्तचर सेवाहरूले गाजा र यस क्षेत्रमा समूहका वरिष्ठ राजनीतिक नेताहरू र लडाकू कमान्डरहरूलाई लक्षित गर्दै व्यापक अभियान चलाएका छन् । शुक्रबार सेनाले गाजामा अल–हद्दादलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो भने उनको मृत्यु भएको पुष्टि शनिवार गरेको हो।

सेनाले आफू र शिन बेट घरेलु सुरक्षा निकायलाई सङ्केत गर्दै भनेको छ, “इजरायली रक्षा बल (आइडिएफ) र इजरायली सुरक्षा निकाय (आइएसए)ले शुक्रबार गाजाको शहरी क्षेत्रमा गरेको एक सटीक आक्रमणमा हमासको सशस्त्र शाखाका प्रमुख अल–हद्दादको मृत्यु भएको छ ।”

हमासका दुई अधिकारीले पनि हद्दाद इजरायली आक्रमणमा मारिएको पुष्टि गरेका छन् । “हमासका एक वरिष्ठ अधिकारी (सिनियर कमान्डर)ले भने, “गाजा सहरमा एक आवासीय अपार्टमेन्ट र एक नागरिक गाडीलाई लक्षित गरी इजरायलले गरेको आक्रमणमा एजेदिन अल–हद्दादले शाहदत प्राप्त गर्नुभएको छ।”

हमासको सशस्त्र शाखाका एक अर्का सदस्यले उहाँको मृत्युको पुष्टि गरेका छन् । हमास निकट स्रोतका अनुसार, हद्दाद, उहाँकी श्रीमती र एक छोरीसहितको इजरायली आक्रमणमा मृत्यु भएको थियो ।

एएफपीका तस्वीरहरूमा शोकाकुल व्यक्तिहरूले हमासको झन्डाले बेरिएको हद्दादको शवलाई भवनको भग्नावशेषबाट उठाएर स्ट्रेचरमा बोकेको देखाइएको छ ।

इजरायली सेनाले अक्टोबर ७ को नरसंहारको योजना र कार्यान्वयनको निर्देशन दिएका हद्दाद हमासको सैन्य शाखाका अन्तिम वरिष्ठ कमान्डरमध्ये एक भएको बताएको छ । युद्धका क्रममा बन्धक इजरायलीलाई लुकाएर राख्ने र ठाउहरू सार्ने व्यवस्था गर्ने काममा पनि हद्दाद संलग्न रहेको बताइएको छ ।

“हद्दादले हमासको बन्धक बन्दी प्रणालीको व्यवस्थापन गरेका र बन्धकहरूलाई ढाल बनाएर पटक–पटक आफ्नो जीवन जोगाउन सफल भएका थिए,” विज्ञप्तिमा भनिएको छ।

इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट कर्णेल इयाल जमिरले उक्त कारबाहीलाई ‘महत्त्वपूर्ण उपलब्धि’ भनेका छन् । “मैले फिर्ता भएका बन्धकहरूसँग गरेको प्रत्येक कुराकानीमा बारम्बार अल–हद्दादको नाम आउने गरेको थियो,” जमिरले भने ।

उनले भने, “आज हामी अल–हद्दादलाई हटाउन सफल भयौँ । आइडिएफले शत्रुहरूलाई पछ्याउने कामलाई जारी राख्नेछ, उनीहरूलाई आक्रमण गर्नेछ र अक्टोबर ७ को नरसंहारमा भाग लिने सबैलाई जवाफदेही बनाउनेछ।”

इजरायलले अक्टोबर ७ को आक्रमणको प्रमुख योजनाकार मानिने याह्या सिनवारसहित धेरै हमास नेताहरूको युद्धको क्रममा मृत्यु भएको आक्रमणको जिम्मेवारी लिएको छ । एएफपी