काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र उनका मन्त्रीहरुको कार्यकक्षमा जाँदा मोबाइल फोन लिएर जान प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्री र मन्त्रीहरुको कार्यकक्ष बाहिर ‘कृपया मोबाइल फोन बाहिर राखेर जानुहोला’ लेखेर सूचना टाँसेको देख्न सकिन्छ ।
मन्त्रीहरु विवादमा पर्न सक्ने र सेवाग्राहीसँग गरेको संवाद बाहिर आउने डरले मोबाइल फोन निषेध गरिएको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ । सरकारले पछिल्लो समय नागरिकहरुलाई सिंहदरबार प्रवेशमा नै कडाइ गर्दै आएको छ ।
सरकारले अधिवक्ताहरुलाई समेत सिंहदरबारमा प्रवेश गर्न अनिवार्य पास लिनुपर्ने व्यवस्था गरेको छ । यसरी अघिल्लो सरकारले दिँदै आएको सुविधालाई दुई तिहाई बहुमतको सरकारले कटौटी गर्दै गएको भनी सर्वत्र आलोचनासमेत हुन थालेको छ ।
यतिमात्रै नभएर सरकारले दलगत विद्यार्थी संगठनसमेत खारेज गर्ने तयारी गरेको छ । यद्यपि सरकारको यो तयारीमा विद्यार्थी संगठनहरु भने मौन छन् । सरकारले नागरिकका साना-साना सुविधाहरु कटौती गर्दै अन्ततः निरङ्कुशता उन्मुख हुन खोजेको हुन सक्दै भन्दै राजनीतिज्ञहरुले चिन्तासमेत व्यक्त गर्न थालेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयर भएको बेलामा नगरसभाको बैठक लाइभ गरेर चर्चामा आएका बालेनले प्रधानमन्त्री बनेपछि मोबाइल फोनसमेत लिएर जान निषेध गरेका छन् ।












प्रतिक्रिया