नेपाल

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका प्रवक्ता डा राजु थापाद्वारा आज जारी प्रेस वक्तव्यमा प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्नेसहितका पाँच बुँदे माग अघि सारिएको छ । प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएकाबारे स्पष्ट आधिकारिक जानकारी र समयसीमा सार्वजनिक गर्न पार्टीको माग छ ।

Advertisement

यस्तै, प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानुनसम्मत प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ । पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुनेगरी आवश्यक निर्णय गर्न पार्टीको माग छ ।

प्रतिवेदन सार्वजनिक नहुँदा नागरिक तहमा अन्योल, शङ्का र असन्तोष बढ्दै जाने तथा राज्यप्रतिको विश्वास कमजोर हुने पार्टीको भनाइ छ ।