मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज

नेपाली समाजको बोर्ड अफ ट्रष्टीमा पुनः थापाको नेतृत्व

नेपाली समाजको बोर्ड अफ ट्रष्टीमा पुनः थापाको नेतृत्व


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको बोर्ड अफ ट्रष्टीका अध्यक्षमा पुनः वैकुण्ठ थापा चुनिएका छन् ।

शनिबार मनोनयन पत्र दर्ता गर्ने अन्तिम समयभित्र थापाको मात्र उम्मेदवारी परेको छ । अध्यक्षमा थापा एकजनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

त्यस्तै, योजना तथा रणनीतिको उपाध्यक्षमा विजयराज भट्टराई र फाइनान्सको उपाध्यक्षमा बाल जोशी निर्विरोध भएको समितिले जनाएको छ ।

बोर्ड अफ ट्रष्टीले संस्थाको नीति, नियम बनाउने, कार्यकारी समितिलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिने गर्ने विधानले व्यवस्था गरेको छ ।

शेयर गर्नुहोस:

216
Shares