मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रुसले विश्वव्यापी सुरक्षा जोखिम बढाएकोप्रति जेलेन्स्कीको कडा चेतावनी

रुसले विश्वव्यापी सुरक्षा जोखिम बढाएकोप्रति जेलेन्स्कीको कडा चेतावनी


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिएका छन् ।

उनले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानूनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गरे ।

Advertisement

सामाजिक सञ्जाल एक्समा सार्वजनिक सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले युक्रेनले यस्ता गतिविधि निरन्तर निगरानी गरिरहेको र साझेदार मुलुकहरूसँग समन्वय गरेर रुसमाथि दबाब कायम राख्ने स्पष्ट पारे ।

इभासेन्कोको प्रतिवेदनमा बेलारुसको भूमिमा रुसले ओरेसनिक प्रणाली तैनाथ गरेको विषय पनि समेटिएको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीले विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा ठहर गरे । उनका अनुसार यस्ता हतियारहरूको आक्रामक विस्तारले खतरनाक उदाहरण सिर्जना गर्दछ र त्यसविरुद्ध सहयोगीहरूसँग संयुक्त प्रतिक्रिया विकल्प तयार गर्न निर्देशन दिइसकिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले गुप्तचर र सैन्य उत्पादन क्षेत्रमा रुस र चीनबीच बढ्दो सहकार्यप्रति पनि चिन्ता व्यक्त गरे । उनले विशेषगरी अन्तरिक्षमा आधारित खुफिया सूचनामा दुवै देशका संस्थाहरूबीच सहयोग बढिरहेको उल्लेख गरे । युक्रेनका अनुसार चिनियाँ उपग्रह तस्बिरहरू र युक्रेनी ऊर्जा पूर्वाधारमाथि भएका रुसी आक्रमणहरूबीच सम्बन्ध देखिएको छ । एएनआई

शेयर गर्नुहोस:

54
Shares