मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब

एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजका शाहब आलम ‘ह्याट्रिक’ लिने पहिलो खेलाडी बनेका छन् । बिहीबार पोखरा एभेञ्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ ‘विकेट’ लिए । उनी एनपिएलको एकै खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडी पनि बने ।

शाहबले चार ओभर ‘बलिङ’ गर्ने क्रममा २५ ‘रन’ खर्चिदै छ विकेट लिए । उनले चार दशमलव तीन ‘ओभर’मा जेसन रोयलाई ‘आउट’ गर्दै पहिले विकेट लिएका थिए भने दोस्रो विकेट १७ दशमलव चार ओभरमा किरण ठगुन्नालाई आउट गरेर लिए ।

शाहबले पारिको अन्तिम ओभर गर्ने क्रममा ह्याट्रिक लिएका हुन् । अन्तिम ओभरमा चितवनलाई जितका लागि २० रन आवश्यक थियो । उनले पहिलो बलमा ऋषि धवनलाई मिलिन्द कुमारमार्फत ‘क्याच आउट’ गराए । शाहबले दोस्रो बलमा विपिन खत्रीलाई ‘स्टमपिङ आउट’ गराए भने तेस्रो बलमा आकाश चन्दलाई मिलिन्द कुमारमार्फत ‘क्याच आउट’ गराए । शाहबले ओभरका अन्तिम बलमा सागर ढकालको विकेट लिए ।

यसअघि एकै खलेमा सबैभन्दा बढी विकेट लिने खेलाडीमा चितवन राइनोजका रञ्जित कुमार थिए । उनले विराटनगर किंग्ससँगको खेलमा चार ओभर बलिङ गर्दै २१ रन खर्चेर पाँच विकेट हात पारेका थिए ।

शेयर गर्नुहोस:

108
Shares