मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

काठमाडौँ गोर्खाजलाई पराजित गर्दै विराटनगर किंग्सको लगातार दोस्रो जीत

काठमाडौँ गोर्खाजलाई पराजित गर्दै विराटनगर किंग्सको लगातार दोस्रो जीत


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा विराटनगरले काठमाडौँलाई ५ विकेटले पराजित गरेको हो ।

काठमाडौँले दिएको १३५ रनको लक्ष्य पछाएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । विराटनगरको जितमा जर्ज मुन्सीले सर्वाधिक ३६ रन बनाए भने मार्टिन गप्टिलले २५, नरेन भट्टले २४ रन बनाएका थिए ।

Advertisement

यस्तै, काठमाडौँका बलर सहाब आलमले २ विकेट लिए भने करण केसी, जेरार्ड इरासमस र सन्तोष यादवले एक/एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै काठमाडौँका आदिल आलमले सर्वाधिक ४८ रन बनाए भने बेन चार्लेजवोर्थले ३२ र सन्तोष यादवले २६ रन बनाएका थिए ।

यो जीतसँगै विराटनगरले लगातार दोस्रो जीत हासिल गरेको छ भने काठमाडौँ गोर्खाजले तीन खेलमा दोस्रो हार बेहोरेको छ ।

शेयर गर्नुहोस:

54
Shares