मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

‘विद्यार्थीलाई विदेश पलायनबाट रोक्ने शैक्षिक योजना आवश्यक’

‘विद्यार्थीलाई विदेश पलायनबाट रोक्ने शैक्षिक योजना आवश्यक’


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

गण्डकी । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले विद्यार्थीलाई विदेश पलायनबाट रोक्ने गरी शैक्षिक योजना ल्याउनुपर्ने बताएका छन् ।

त्रिवेणी इन्टरनेसनल कलेजको १०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै कुलपति प्राडा तिवारीले विश्वविद्यालको एकेडेमिक कोर्षमा विद्यार्थी आश्वस्त हुन नसकेकाले विदेश पलायन हुने गरेका उल्लेख गरे । गण्डकी विश्वविद्यालयले प्रविधि र अनुसन्धानको क्षेत्रलाई लक्षित गरी पाठ्यक्रमको तयारी गरेको जिकिर गर्दै उनले गण्डकी प्रदेश सरकारले अनुसन्धानको क्षेत्रमा काम गर्ने थप जिम्मेवारी दिएको बताए ।

यही शैक्षिक सत्रको अन्त्यसम्म विश्वविद्यालयबाट ६० सूचना प्रविधिका विद्यार्थी उत्पादन हुने स्पष्ट पार्दै कुलपति प्राडा तिवारीले उनीहरूलाई रोजगारीको अवसर दिन आग्रह गरे । विद्यार्थीलाई रोजगारीका बहुक्षेत्रमा प्रवेश गर्न सक्नेगरी क्षमतावान् बन्ने गरी अध्यापन गराउनुपर्नेमा उनले जोड दिए । विद्यार्थीले रोजगारीसँगै अध्ययनलाई पनि जारी राख्न सक्ने वातावरण क्याम्पस र बजारले बनाई दिनुपर्ने उनले बताए ।

कार्यक्रमका अध्यक्ष सुमन भट्टराईले शिक्षामा सरकारी, सामुदायिक र निजी गरी वर्गीकरण गरेर विभेद गर्न नहुने बताए । कलेजमा शुल्क नभएका कारण कोही पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपर्ने भन्दै उनले जेहेन्दार र आर्थिक हिसाबले कम अवसर पाएका विद्यार्थीका लागि कलेजले विभिन्न सङ्घसंस्थाको सहकार्यमा छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त त्रिवेणी इन्टरनेसनल कलेजमा व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहका कक्षा सञ्चालन हुँदै आएका छन् । यहाँ झन्डै ६ सय विद्यार्थी अध्ययन गर्दै आएका सो अवसरमा जानकारी गराइयो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली, लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, हिसान कास्कीका अध्यक्ष यमबहादुर रोका, कलेजका पूर्वअध्यक्ष राजेन्द्रमणि लामिछाने, कलेजका प्रमुख यदुनाथ आचार्य, सहायक प्रमुख डिल्लीराम पौडेललगायतले कलेजको शैक्षिक गुणस्तरका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

शेयर गर्नुहोस:

0
Shares