मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
बिजनेस/ इकोनोमी   

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छ : गभर्नर पौडेल

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छ : गभर्नर पौडेल


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् ।

बुधबार नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्रः कारण र चुनौती’ विषयक चौथो प्यानल छलफलमा बोल्दै उनले विगत एक दुई वर्षदेखि नै पैसा भएरपनि देशमा लगानी नभएको अवस्थामा जेनजी आन्दोलन भएको भन्दै त्यसले झन धेरै व्यापारीको मनोबल गिराउने काम गरेको बताए ।

उनले भने, ‘विगत एक दुई वर्षदेखि नै पैसा थियो तर लगानी भइरहेको थिएन । व्यापारीहरुको मनोबल गिर्दै गिर्दैै गइरहेको थियो । त्यसको लागि चाहिने जुन बिगपुस छ त्यो भइराखेको थिएन । हामी आफैले पनि ठूलो लगानीहरु आकर्षित गर्न सकिराखेका थिएनौँ । जुन जुन कुराले अर्थतन्त्रलाई गति दिन्थ्यो जुन पोलिसी रिफर्महरु चाहिन्थ्यो जसले लगानी बढाउन सक्थ्यो त्यो भएको थिएन । त्यो अवस्थामा जेनजी आन्दोलनको घट्ना भयो । यसले एक हदमा त्यो मनोबल झन गिराउने काम गरेको छ ।’

त्यस्तै, उनले लगानी काठमाडौँमा मात्र बढी केन्द्रित भएको भन्दै सबै क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।

शेयर गर्नुहोस:

27
Shares