मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ट्रम्पको विश्व पुनर्निर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप

ट्रम्पको विश्व पुनर्निर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा इजरायल–हमासबीच भएको अमेरिकी–मध्यस्थतामा युद्धविराम सम्झौताको स्वागत गर्दा उनका पछाडि उभिएका विश्व नेताहरू केवल प्रतीकात्मक रूपमा देखिए । यो युरोपको घट्दो प्रभावको स्पष्ट सङ्केत थियो ।

गाजा युद्धदेखि युक्रेन द्वन्द्वसम्म युरोपेली देशहरू कूटनीतिक रूपमा आफ्नो स्थान जोगाउन सङ्घर्षरत छन् भने ट्रम्पले ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत विश्व राजनीतिलाई पुनः आकार दिने प्रयास तीव्र बनाएका छन् ।

भू–राजनीतिक विज्ञ लिन्डसे न्युम्यान भन्छन्, “ट्रम्पको नीति अब अलगाववादी होइन—उहाँ आफ्नो छविमा संसार पुनःनिर्माण गर्दै हुनुहुन्छ । युरोपले उहाँलाई प्रभाव पार्न सक्ने सम्भावना अत्यन्त न्यून छ ।”

युक्रेन युद्धमा दबाब र विभाजन

रूसविरुद्ध युरोपको समर्थन र ट्रम्पको दृष्टिकोणबीच गहिरो मतभेद छ । उनले पछिल्लो हप्ता रूसी तेल–ग्यास उद्योगमाथि प्रतिबन्ध लगाए पनि त्यो कदम रुसी राष्ट्रपति पुटिनप्रतिको निराशाबाट बढी प्रेरित थियो । उनले भनेका छन्, “मैले धेरै पटक भ्लादिमिरसँग राम्रो कुरा गरेको छु, तर केही परिणाम निस्किँदैन ।”

ट्रम्पले युक्रेन युद्ध रोक्ने वाचा पूरा गर्न सकेको छैन । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की र पुटिनबीच वार्ताको पहल असफल भएपछि उनले युरोपेली नेताहरूलाई सहयोगको आग्रह गरे । तर युरोप भित्रै मतभेद देखिएको छ । युरोपेली सङ्घ ९इयु० ले युक्रेन सहयोगका लागि फ्रिज गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने योजनामा सहमति जुटाउन सकेको छैन । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले अझै पनि समर्थनको विरोध गरिरहेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने प्रतिबन्धलाई ‘निर्णायक मोड’ भनेका छन् तर विश्लेषकहरू भन्छन्, “युरोपेली एकता नटुट्नु नै युरोपको आंशिक विजय हो ।”

मध्यपूर्वमा युरोपको प्रभाव कमजोर

इजरायल–हमास युद्धविराममा युरोपको भूमिका न्यून रह्यो । ट्रम्पले इजिप्ट, कतार, टर्की र साउदी अरबको भूमिकाको प्रशंसा गरे तर युरोपको योगदानबारे मौन रहे । इयु विश्वकै सबैभन्दा ठूलो सहायता प्रदायक भए पनि इजरायलमाथि यसको दबाब सीमित छ ।

बेलायत र फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको कदमले अमेरिकी प्रशासनलाई असन्तुष्ट तुल्याएको बताइन्छ । ट्रम्पका नजिकका अधिकारीहरूले पनि लन्डनको भूमिकालाई ‘भ्रमपूर्ण’ भनेका छन् ।

विश्लेषक जोनाथन स्चान्जर भन्छन्, “ट्रम्पको युद्धविरामले युरोपेली आलोचनालाई केही समयका लागि शान्त पारेको छ र दुवै पक्षलाई रचनात्मक संवादतर्फ अग्रसर बनाएको छ ।”

न्युम्यानका अनुसार ट्रम्प अब युरोपभन्दा मध्यपूर्वका मुलुकहरूसँग सम्बन्ध विस्तारमा बढी केन्द्रित छन् । उनी भन्छन्, “जहाँ अन्य अमेरिकी प्रशासनहरू टाढा जान खोज्थे, ट्रम्प त्यहाँ केन्द्रविन्दु खोजिरहनुभएको छ ।”

युरोपका लागि मिश्रित सन्देश

ट्रम्पले नाटोबाट अमेरिकालाई फिर्ता नगरे पनि र युरोपेली सामानमा भारी कर नलगाए पनि उनले देशहरूलाई रक्षा खर्च बढाउन दबाब दिइरहेका छन्। युक्रेनमा रुसको आक्रमणले पनि युरोपमा सुरक्षा चेतना बढाएको छ ।

सन् २०२० मा इयु छोडेको बेलायत पुनः आफ्नो छिमेकीहरूसँग नजिकिएको छ । प्रधानमन्त्री किर स्टार्मर वासिङ्टन र महाद्वीपबीचको प्रमुख कडी बनेका छन् ।

इतिहासकार क्याथलिन बर्कका शब्दमा, “ट्रम्पले बुझ्न थाल्नुभएको छ—शत्रुभन्दा सहयोगी हुनु सधैंँ राम्रो हुन्छ । यदि युरोप एकजुट रह्यो भने उनीहरूको प्रभाव अझ बढ्न सक्छ ।” एएफपी

शेयर गर्नुहोस:

162
Shares