भुपेन्द्र लामिछाने, अल्बर्टा (क्यानाडा)- क्यानाडाको अल्बर्टा स्थित एडमण्टनमा नेपालीहरुको महान चाड दिपावली तथा तिहार भव्यरुपमा मनाएका छन । नेपाल हेरिटेज सोसाइटी अफ एडमण्टनले आयोजना गरेको तिहारको शुभकामना तथा देउसी भैलो कार्यक्रम अवधी भर सेलरोटी चिया वितरण गरिनुका साथै निशुल्क भोजन वितरण गरिएको संस्थाका उपाध्यक्ष सगुन पाण्डेले जानकारी दिए । कार्यक्रममा संस्थाका सदस्यहरु तथा अन्य सहभागी हरुबाट गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।
क्रिशा सुवेदी, नयन नेपाल, सुनीता पराजुली, पदमा सुवेदी , संगीता ढुङ्गाना, सृष्टि लम्साल, प्रशुभा ढकाल, लीजा घिमीरे आदि को विशेष प्रस्तुतिले कार्यक्रममा अर्कषण थपेको थियो । सामुहिक देउसी मा सुरज खतिवडाले पुरुषतर्फ र प्रशुभा ढकाल एवं सृष्टी लम्साल महिलातर्फ को नेतृत्व गरेका थिए ।
१६ बर्ष पछि अर्यालले र १२ बर्षपछि सुवेदीले कयानाडामा तिहार मनाए
कार्यक्रममा नर्वे निवासी चितवनका राजु अर्याल क्यानाडाको एडमण्टन निवासी दिदि रन्जुअर्यालसंग १६ वर्षपछि तिहार मनाउन पाउदा दंग देखिन्थे । नेपालीहरुको तिहार कार्यक्रममा सहभागी हुन पाउनु र तिहारमा रम्न पाउनुलाई शौभाग्य ठानेका थिए ।
त्यस्तै नेपालको नवलपरासीको गैडाकोट निवासी गोपी सुवेदीपनि १२ बर्षपछि बहिनी बिन्दु लामिछानेसंगै तिहार मनाउने र टीका लगाउ पाउँदा निकै खुशी देखिन्थे । सुवेदीले कार्यक्रमले आफू नेपालमै भएको भान गराएको बताए । कार्यक्रमका सहभागीले हिजोआज चाडवाडमा संस्कृति भन्दा पनि विकृती बढ्न लागेको मा चिन्ता व्यक्त गर्दै कला र संस्कृती प्रब्रधन मा नेपाल हेरिटेज सोसाइटी ले खेलेको भुमीकाको प्रशंसा गरेका थिए । विदेशमा हुर्कदै गरेका नेपाली बालबालीकालाई आफ्नो चाडवाड र संस्कृतिको ज्ञान दिनपनि यस्ता कार्र्यक्रम प्रभावकारी हुने पूर्व अध्यक्ष नवराज सुवेदी ले बताए ।
संस्थाका अध्यक्ष देवेन्द्र कार्कीले शुभकामना पछि शुरु भएको कार्यक्रममा डोलराज भूर्तेल र कृतिनिधि लम्सालले सक्रिय भुमिका खेलेका थिए ।
अक्टोबर २२ मा क्वीन एलेक्जेन्डरा कम्युनिटी हलमा सम्पनन भएको सो कार्यक्रममा सो क्षेत्र आसपास रहेका धेरै नेपालीहरुले सहभागिता रहेको थियो ।













प्रतिक्रिया