मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्‍यो उद्धार

अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्‍यो उद्धार


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । असोज १७ गते बेलुकीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ ।

मोरङको कटहरी गाउँपालिका–४ नयाँबजार इलाकास्थित लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुमबासी टोल डुबानमा परेर फसेका छ जना बालबालिकालाई शिवदल गणको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्तै, झापाको झापा गाउँपालिका–१ मिलनबस्तीमा डुबानमा परेका १० जना पुरुष र पाँच जना महिला गरी १५ जनालाई अरिदमन गणबाट खटिएको टोलीले मोटरबोटबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

सोही इलाकामा माई खोलाले हुलाकी राजमार्ग कटान गरी फसेका करिब ८० जनाको उद्धार गरिएको छ । यसका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर आवश्यक उपकरण र दक्ष जनशक्तिसहित उक्त स्थानतर्फ खटिएकामा हालसम्म १६ जनाको हवाई उद्धार र मोटरबोटबाट २० जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाँकी व्यक्तिलाई समेत उद्धार गर्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

सोही गाउँपालिका–२ सडक बस्ती तथा वडा नं ६, स्वर्णमति युवा टोलमा बाढीका कारण डुबानमा परेका १३ महिला र ११ पुरुष गरी २४ जनालाई अरिदमन गणबाट खटिएको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।

इलामको इलाम नगरपालिका–६ घोस इलाकामा पहिरोमा पुरिएका व्यक्तिको खोज तथा उद्धारका क्रममा रणशार्दुल गणबाट खटिएको फौजले पाँच जनाको शव फेला पारेको छ ।

साथै, जीवितै उद्धार गरिएका एक जनालाई थप उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको पनि निर्देशनालयले जनाएको छ ।

शेयर गर्नुहोस:

54
Shares