मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

मनसुनी विपद् : ४८ जनाको मृत्यु, छ बेपत्ता, २८ घाइते

मनसुनी विपद् : ४८ जनाको मृत्यु, छ बेपत्ता, २८ घाइते


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । पछिल्लो मनसुनी विपद्मा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ विवरण अध्यावधिक गर्दै मृत्यु हुनेको संख्या ४८ पुगेको जनाएको हो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पहिरोमा परी इलाममा ३७, पाँचथर र काभ्रेमा एक/एक जना गरी ३९, बाढीबाट पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा एक/एक जना गरी छ, चट्याङबाट दुई र अविरल वर्षाले उदयपुरमा एक जनाको ज्यान गएको हो ।

यस्तै, हालसम्म छ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाढीमा परेर रसुवामा चार र इलाममा एक तथा पहिरोमा परेर इलाममा एक जना रहेका छन् ।

ती विपदजन्य घटनामा हालसम्म २८ जना घाइते भएका छन् । घाइते हुनेमा पहिरोमा परेर इलाममा १०, पाँचथरमा दुई, ललितपुरमा दुई, भोजपुरमा तीन, खोटाङमा तीन, उदयपुर, मकवानपुर, ताप्लेजुङ, धनकुटा र बारामा एक/एक जना रहेका छन् ।

यस्तै, अविरल वर्षाका कारण घाइते हुनेमा धनकुटा र बारामा एक÷एक तथा बाढीबाट खोटाङमा एक जना घाइते भएका छन् । प्राप्त विवरणअनुसार हालसम्म १८ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

शेयर गर्नुहोस:

54
Shares