ढाका । बङ्गलादेशमा आइतबार डेङ्गु रोग सङ्क्रमित नौ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा यो वर्ष एकै दिनमा सबैभन्दा धेरै डेङ्गु सङ्क्रमितको मृत्यु भएको हो । यो वर्ष कुल डेङ्गु सङ्क्रमितको मृतकको सङ्ख्या २१२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जानकारी दिएको छ ।
तथ्याङ्कअनुसार बङ्गलादेशभर आइतबार यस वर्ष एकै दिनमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् ।
स्थानीय समयअनुसार आइतबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा अस्पताल भर्ना भएका डेङ्गु सङ्क्रमित बिरामीहरूको सङ्ख्या एक हजार ४२ रेकर्ड गरिएको छ । यससँगै यो वर्ष लामखुट्टेबाट सर्ने डेङ्गु रोगको कुल सङ्क्रमितहरूको सङ्ख्या ४९ हजार ९०७ पुगेको छ।
डेङ्गुको थप फैलावटलाई रोक्नका लागि बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन दर रोक्न र लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।
बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो । यो पछिल्ला केही बर्षमा सबैभन्दा बढी वार्षिक मृत्यु सङ्ख्या हो ।
सामान्यतया बङ्गलादेशमा मनसुनको मौसममा देखिने डेङ्गु ज्वरो अहिले जुन–सेप्टेम्बर अवधिभन्दा बढी फैलिरहेको पाइएको छ । एएफपी












प्रतिक्रिया