मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

गृहमन्त्री अर्यालद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण, थप उच्च मनोबलका साथ काम गर्न निर्देशन

गृहमन्त्री अर्यालद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण, थप उच्च मनोबलका साथ काम गर्न निर्देशन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कानुनबमोजिम कर्तव्य पालनामा अब प्रहरीले उच्च मनोबल थप बनाउँदै कार्यक्षेत्रमा खटिनेपर्ने बताएका छन् ।

आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आमजनताको दैनिकीमा नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने भन्दै चनाखो हुन प्रहरीलाई निर्देशन दिए । उनले प्रहरी प्रशासनमा भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र सङ्क्रमणकालमा अविचलित रहँदै देश र जनतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको उल्लेख गरे ।

गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम र चेतनशील पुस्ता जेनजीले गरेको ऐतिहासिक प्रदर्शनलाई नेपाल प्रहरीले सम्मान गर्दै यसका उपलब्धिहरूको संरक्षणका लागि रचनात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सीमित स्रोतसाधनको उपलब्धताका बीच नेपाल प्रहरीले हालैको प्रदर्शनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै उनले भने, “प्रदर्शनका क्रममा प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए थप सङ्कट बढ्ने र राज्यमा अकल्पनीय क्षति हुने अवस्था सिर्जना हुनसक्ने सम्भावना थियो ।”

यो ऐतिहासिक घडीमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको गृहमन्त्री अर्यालले उच्च कदर र सम्मान रहेको धारणा राखे । उनले गृह मन्त्रालयबाट प्रहरी सङ्गठनको सुदृढीकरण गर्दै प्रहरी कर्मचारीको मनोबल बढाउनका लागि ठोस प्रयासहरू गर्ने उल्लेख गरे ।

प्रहरीप्रति राज्य र नागरिकका असीमित अपेक्षा रहेका उल्लेख गर्दै गृहमन्त्रीले प्रहरीले साधनस्रोतको सीमितताबाट नागरिकका असीमित आकाङ्क्षाहरू सम्बोधन गर्दै आइरहेको बताए । आगामी दिनमा साङ्गठनिक सुधारका लागि प्रहरीको नेतृत्वका साथै सबै प्रहरी कर्मचारीको पहलकदमी हुनेमा उनले विश्वास व्यक्त गरे ।

शेयर गर्नुहोस:

108
Shares