मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

काठमाडौं उपत्यकामा कर्फ्यु र निषेधाज्ञा भदौ २८ गते बिहान ६ बजेसम्म लम्ब्याइयो

काठमाडौं उपत्यकामा कर्फ्यु र निषेधाज्ञा भदौ २८ गते बिहान ६ बजेसम्म लम्ब्याइयो


शेयर गर्नुहोस:

486
Shares

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्युको समय थप गरेको छ। सेनाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यु र निषेधाज्ञा भदौ २८ गते बिहान ६ बजेसम्म निरन्तर रहनेछ।

विज्ञप्तिमा भनिएको छ, “पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले उपत्यकाका जिल्ला सुरक्षा समितिहरूले व्यवस्था गरेका छन्।”

Advertisement

खुला हुने समय

अत्यावश्यक कार्यका लागि भदौ २७ गते बिहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ।

अत्यावश्यक सेवामा छुट

कर्फ्युका दौरान पनि एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी तथा औषधि ढुवानी गर्ने सवारीसाधनहरू सञ्चालनमा रहनेछन्।

यसअघि सेनाले कर्फ्यु तथा निषेधाज्ञा भदौ २७ गते बिहान ६ बजेसम्म तोकेको थियो। साथै, दैनिक उपभोग्य वस्तुको व्यवस्थापनका लागि भदौ २६ गते बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोलिएको थियो।

शेयर गर्नुहोस:

486
Shares