काठमाडौं – देशमा उत्पन्न भएको वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपतिले अग्रसरता लिनुपर्ने नागरिक अगुवाहरूले बताएका छन्। उनीहरूको भनाइमा, संविधानको संरक्षक र जनताको प्रतिनिधि संस्थाको प्रमुख हैसियतले राष्ट्रपति स्वयंले संकटको समाधानका लागि ठोस पहल गर्नु अपरिहार्य छ।
बिहीबार १६ जना नागरिक अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेपालको संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशिता र समाजवाद उन्मुखताजस्ता आधारभूत मूल्यलाई हानी नपु¥याई राष्ट्रपति स्वयंले संकट समाधानको पहल लिनुपर्छ।”












प्रतिक्रिया