मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

भागेका कैदी र बालबन्दीलाई तुरुन्त फर्किन कारागार विभागको आग्रह

भागेका कैदी र बालबन्दीलाई तुरुन्त फर्किन कारागार विभागको आग्रह


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौं – कारागार व्यवस्थापन विभागले जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागार र बालसुधार गृहबाट भागेका कैदीबन्दी तथा बालबन्दीलाई तत्काल फर्कन सूचित गरेको छ। विभागले नफर्किनेहरूलाई कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानले बिहीबार जारी गरेको सूचनामा भनेका छन्, “भागेका कैदीबन्दी र बालबन्दी अन्य जिल्ला वा नजिकैका कारागारमा पुगेमा तत्काल बुझाइदिनुहोस्। समन्वय असम्भव भएमा नजिकैको कारागारले जिम्मा लिनु पर्नेछ।”

Advertisement

सूचनामा थप भनिएको छ, स्थिति सामान्य भएपछि सम्बन्धित कारागार कार्यालयसँग समन्वय गरी कैदीबन्दीलाई स्थानान्तरण गर्ने व्यवस्था मिलाइनेछ। साथै, कारागार कार्यालय नभएका जिल्लाबाट पठाइएका कैदीबन्दीलाई नजिकैको जिल्लाका कारागार कार्यालयले बुझिलिनुपर्ने भनिएको छ।

विभागले सम्पर्कमा आएका कैदीबन्दी वा बालबन्दीको पहिचानमा समस्या भए सम्बन्धित कारागारसँग सम्पर्क गर्न आग्रह गरेको छ।

शेयर गर्नुहोस:

162
Shares