मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

रिहाइपछि रविको भनाइ– ‘म कानुनप्रति बफादार छु’

रिहाइपछि रविको भनाइ– ‘म कानुनप्रति बफादार छु’


शेयर गर्नुहोस:

1.6k
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुनी प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन्। मंगलबार दिउँसो नख्खु कारागारबाट निस्किएका उनले पत्नी निकिता पौडेलमार्फत सन्देश पठाउँदै यो स्पष्ट पारे।

सोमबारदेखि चर्किएको जेनजी प्रदर्शन मंगलबार झनै आक्रोशित बनेको थियो। त्यही दिन लामिछाने पनि कारागार बाहिरिएका थिए। उनले भने, “आम नागरिकको दबाबपछि सरकारले कानुन बमोजिम प्रक्रिया पूरा गरी पत्र थमाएपछि मात्र म कारागारबाट बाहिरिएँ र सिधै आम नागरिक सामु उपस्थित भएँ।”

Advertisement

लामिछानेले मुलुकको कानुनप्रति आफू पूर्ण बफादार रहने र भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियामा उपस्थित हुन तयार रहेको प्रष्ट पारे। साथै उनले अहिलेको आन्दोलन विशुद्ध जेनजीको भएको दाबी गर्दै, देशको नेतृत्व पनि अब यही पुस्ताको मागअनुसार अघि बढ्नुपर्ने धारणा राखे।

साथै रवि लामिछानेले संयमता अपनाउन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो अपिल गरेका छन् ।

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ । राष्ट्रीय सुरक्षा संग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।
आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु ।
एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।

शेयर गर्नुहोस:

1.6k
Shares